हेभिवेट बक्सिङका दिग्गज जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले यो खबर पुष्टि गरेको हो। बक्सिङ रिङमा ‘बिग जर्ज’ भनेर चिनिने फोरम्यानले १९६० को दशकमा आफ्नो बक्सिङ करियर सुरु गरेका थिए।
उनले १९६८ मा ओलम्पिक स्वर्ण पदक र दुई पटक विश्व हेभिवेट च्याम्पियनसिप जिते। उनको पहिलो व्यावसायिक हार सन् १९७४ मा ‘रम्बल इन द जंगल’ मा अर्का महान बक्सर मुहम्मद अलीसँग भएको थियो।
प्रकाशित: ९ चैत्र २०८१ ०९:२१ शनिबार