खेल

फराकिलो जितका साथ एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भरतपुर २४ लाई ११–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।

भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मीकुमारी घिसिङले ह्याट्रिकसहित ४–४ गोल गरे।

प्रिती राई, सबिता राना मगर र गीता रानाले एक/एक गोल गरे। चार गोल गरेकी अनिता केसी प्लेयर अफ दि म्याच भइन्। उनले १० हजार रुपैयाँ प्राप्त गरेकी छिन्। यससँगै जारी प्रतियोगितामा एपिएफले दुई खेलमा २० गोल गरिसकेको छ।

एपिएफले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफाइनलमा आज (बिहीबार) रौतहट फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन्। खेल दिउँसो ४ बजे हुने छ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारीप्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ। यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित: ७ चैत्र २०८१ ०६:४० बिहीबार