खेल

बी डिभिजन लिगमा प्लानिङ ब्वाइजको विजयी सुरुवात

सहिद स्मारक बी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा झापा फुटबल क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै प्लानिङ ब्वाइजले पहिलो खेलमै तीन अंक जोडेको हो । 

खेलको १६ औं मिनेटमा फागु राम थारूको गोलबाट प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । तर ३९औं मिनेटमा पुजन राईले झापाका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६३ औं मिनेटमा सुजन डंगोलले गोल गरेपछि खेल प्लानिङ ब्वाइजले २ १ ले आफ्नो पक्षमा पार्यो । 

१४ क्लबको सहभागिता रहेको लिग समाप्तीमा शीर्ष २ क्लब ‘ए’ डिभिजनमा बढुवा हुनेछन् । अंक तालिकाको पुछारमा रहने २ क्लब ‘सी’ डिभिजनमा घटुवा हुनेछन्।

प्रकाशित: २६ फाल्गुन २०८१ १५:३२ सोमबार

#Planning Boys United #Martyr's Memorial B-Division League