आइसिसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
पाकिस्तानको लाहोरमा न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । खेल नेपाली समयअनुसार २ः४५ बजे सुरु हुनेछ।
न्युजिल्यान्ड मिचेल सान्टर र साउथ अफ्रिका टेम्बा बाभुमाको कमानीमा मैदान उत्रनेछन् ।
आजको विजेताले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारत अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । पाकिस्तानमा खेल्न नमानेको भारत फाइनलमा पुगेपछि उपाधि भिडन्त यूएईमा आइतबार हुनेछ ।
प्रकाशित: २१ फाल्गुन २०८१ १४:२२ बुधबार