खेल

च्याम्पियन्स ट्रफी सेमिफाइनल: भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारत र अस्ट्रेलियाबिच च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेल जारी छ। अष्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। भारतीय कप्तान रोहित शर्मा एक दिवसीय क्रिकेटमा लगातार १४औं पटक टसमा पराजित भएका छन्।

अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टसपछि भने, ‘हामी ब्याटिङ गर्छौं। पिच निकै सुख्खा देखिन्छ। भारत उत्कृष्ट टोली हो।’ भारतीय कप्तान रोहित शर्माले भने, ‘म ब्याटिङ र बलिङ दुवैका लागि तयार थिएँ। जब द्विविधा हुन्छ, टस हार्नु नै राम्रो मानिन्छ।’

अष्ट्रेलियन टोली दुई परिवर्तनसहित मैदानमा उत्रिएको छ। मैथ्यू शर्टको स्थानमा कुपर कोनोली र स्पेन्सर जोनसनको स्थानमा तनवीर संघालाई मौका दिइएको छ। भारतीय टोली भने अघिल्लो खेलको प्लेइङ-११ मै खेल्नेछ। दुवै टोली पहिलो पटक यस मैदानमा आमनेसामने भएका हुन्। खेल नयाँ पिचमा भइरहेको छ।

दुवै टोलीको प्लेइङ-११

भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदीप यादव, वरुण चक्रवर्ती र मोहम्मद शमी।

अष्ट्रेलिया : स्टिभ स्मिथ (कप्तान), ट्राभिस हेड, कुपर कोनोली, मार्नस लाबुशेन, जोश इन्ग्लिस (विकेटकिपर), एलेक्स केरी, ग्लेन म्याक्सवेल, नाथन एलिस, बेन ड्वारशस, एडम जम्पा र तनवीर संघा।

प्रकाशित: २० फाल्गुन २०८१ १४:४६ मंगलबार