खेल

एभरेष्टलाई सफलता

एभरेष्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर बोइजमा शुक्रबार जित जित निकालेको छ।

लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलमा जारी प्रतियोगिताको सिनियर बोइजमा एभरेष्टले बालवाटिकालाई २२–११ ले पराजित गरेको हो। सिनियर बोइजमै तपोभूमिले जोन डेवीलाई २४–१८ र राजश्री गुरुकुलले काठमाडौं प्रज्ञाकुञ्जलाई ३२–१२ ले हराए। सिनियर गल्र्समा मल्पी इन्टरनेसनलले तपोभूमिलाई ३७–२ ले हराए।

जुनियर गर्ल्समा चेल्सीले ओम ज्ञान मन्दिरलाई २०–१२ र आर्या एकेडेमीले एभरेष्टलाई २८–१८ ले पन्छाए। जुनियर बोइज फुटबलमा नालान्दाले जेम्सलाई ५–०, निस्टले हाइली क्रिएटिभलाई ३–०, मल्पीले काठमाडौं वल्र्ड स्कुललाई २–० र गोल्डेन सुनगाभाले काठमाडौं प्रज्ञाकुन्जलाई २–० गोलअन्तरले पराजित गरे। आर्या र जनप्रेमी वल्र्ड स्कुलले १–१ गोलको बराबरी खेले।

प्रकाशित: १७ फाल्गुन २०८१ ०८:०० शनिबार

# Nepali Kheladi # Nagarik