खेल

कप्तान एञ्जिला ग्रीस उडिन्

नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बा ग्रीस उडेकी छन्।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलेर व्यावसायिक फुटबल खेल्न उनी शुक्रबार (आज) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ग्रीस उडेकी हुन्।

उनलाई एन्फाका प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा र महिला टिमकी व्यवस्थापक विन्द्रा देवानले बिदाइ गरेका छन्।

एञ्जिलाले ग्रीसको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन्।

प्रकाशित: १६ फाल्गुन २०८१ १६:४१ शुक्रबार

#Anjila Tumbappo