फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपअन्तर्गत फाइनलमा नेपालविरुद्ध म्यानमारले अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमारले अग्रता बनाएको हो । ६२औं मिनेटमा यू पर कियोङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी हुन् । त्यसकाे २ मिनेटपछि नै म्यानमारका लागि क्याप्टेनले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् ।
लेबनन र कीर्गिस्तानसमेत सहभागी चार देशीय च्याम्पियनसिपको लिग चरणमा शीर्ष दुई भित्र रहँदै नेपाल र म्यानमारले फाइनल खेलेका हुन् । लिग चरणमा यी दुई टिमले २-२ गोलको बराबरी खेलेका थिए ।
प्रकाशित: १४ फाल्गुन २०८१ १९:२९ बुधबार