आइसिसी च्याम्पियन्स ट्रफीमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराह्न २ः४५ बजे खेल सुरु हुनेछ।
इंल्यान्ड आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग र अफगानिस्तान साउथ अफ्रिकासँग पराजित भएको थियो । सेमिफाइनलको सम्भावना कायमै राख्न दुवैलाई बुधबार जित आवश्यक हुनेछ । पराजित हुने टोली एक खेल अगावै लिग चरणमै रोकिनेछ ।
भारी वर्षा भएपछि मंगलवार अस्ट्रेलिया र साउथ अफ्रिकाले अंक बाँडेका थिए । साउथ अफ्रिका र अस्ट्रेलियाको समान ३ अंक छ भने इंल्यान्ड र अफगानिस्तानले खातै खोल्न बाँकी छ ।
इंल्यान्ड जस बटलर र अफगानिस्तान हशमतुल्लाह शाहिदीको कमानीमा मैदान उत्रनेछन् ।
इङल्याण्ड
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम ब्यान्टन, ह्यारी ब्रुक, रेहान अहमद, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमुद, फिल साल्ट र मार्क वुड ।
अफगानिस्तान
हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जादरान, रहमानुल्लाह गुरबाज, सेदीकुल्लाह अटल, रहमत शाह, इकराम अलीखिल, गुलबदीन नैब, अजमतुल्लाह उमरजई, मोहम्मद नबी, राशिद खान, नूर अहमद, फजलहाक फारूकी, फरीद मलिक, नवीद जादरान।
प्रकाशित: १४ फाल्गुन २०८१ १२:३२ बुधबार