खेल

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमार खेल्दै

नेपालले आज (आइतबार) अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा म्यानमारसँग खेल्दैछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। यसअघि दुवै टोलीले दुई-दुई खेल जितेर फाइनलमा स्थान बनाइसकेका छन्। 

नेपालले कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको छ भने म्यानमारले कीर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ ले पराजित गरेको थियो। उपाधि भिडन्त फागुन १४ मा हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०८१ ०८:१३ आइतबार