खेल

टाइगर कप भलिबल : महिलातर्फको उपाधि आयोजक टिमलाई

टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि आयोजक टिमले जितेको छ ।

पोखरा रंगशालामा आइतबार विभागीय टोली नेपाल एपीएफ क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै आयोजक टाइगर ग्रुपले उपाधि जितेको हो ।

आयोजकले एपीएफलाई १७–२५, २९–२७, २१–२५, २५–१६ र १५–१३ को सेटमा पराजित गर्यो । आयोजक टिमले पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेको हो ।

टाइगर ग्रुपले उपाधिसँगै ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । एपीएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । 

प्रकाशित: २० माघ २०८१ १७:५१ आइतबार

#Tiger Volleyball