खेल

एनकेएल फाइनलमा जनकपुर र काठमाडौं भिड्दै

आज (शुक्रबार) पहिलो फ्रेन्चाइज नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्स खेल्नेछन्। 

फाइनल त्रिपुरेश्वरको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुनेछ, गायिका त्रिशला गुरुङले प्रस्तुति दिनेछिन्। 

जनकपुर नाइट्स अपराजित रही फाइनलमा पुगेको छ, जबकि काठमाडौंले क्वालिफायर २ मा विराटनगरलाई हराएर फाइनलमा स्थान बनायो।

प्रकाशित: १८ माघ २०८१ ०९:५१ शुक्रबार

#NagarikNews #NKL