खेल

महिला टोलीको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त

नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्ती दिएको हो । यस्तै एन्फाले बिन्दा देवानलाई टिम मेनेजर नियुक्त गरेको छ ।

साफ च्याम्पियनसिप २०२४ को फाइनलमा गत कार्तिक १४ गते बंगलादेशसँग पराजित भएसँगै राजेन्द्रले टोली छाडेको घोषणा गरेका थिए। तर, तीन महिना पछि नै एन्फाले पुनः उनलाई जिम्मेवारीमा पुनरागमन गराएको हो ।

अब उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला टोलीले फागुन ४ गतेदेखि १५ गतेसम्म घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्ने छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारले सहभागिता जनाउने छन्।

प्रकाशित: १४ माघ २०८१ १६:२७ सोमबार

#ANFA #Rajendra Tamang