खेल

माघ १६ देखि प्रथम कालीकोट टि २० पुरुष क्रिकेट प्रतियोगिता हुने

कालीकोटमा माघ १६ देखि १९ गतेसम्म प्रथम कालीकोट टि २० पुरुष क्रिकेट प्रतियोगिता संचालन गरिँदै छ। फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशमा सुरु हुन लागेको प्रधानमन्त्री पुरुष कपलाई मध्यनजर गरी प्रथम कालीकोट जिल्ला खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो।

कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउनुका साथै कालीकोट जिल्लालाई क्रिकेटका माध्यमबाट चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला क्रिकेट संघ कालिकोटका सदस्य पवन बमले जानकारी दिए।

उनले भने, 'प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १० हजार  ट्रफी, मेडल र प्रमाण पत्र, प्राप्त गर्ने यस्तै प्लेयर अफ द म्याच ५ सय, प्लेयर अफ द सेरिज २ हजार, ईमर्जिङ प्लेयर १ हजार पाँच सय पुरस्कार राशि प्रदान गरिने छ।  

जिल्ला क्रिकेट संघको आयोजनामा टी २० प्रतियोगिता जिल्लामा पहिलो भएको आयोजक समितिले जनाएको छ।

प्रकाशित: १३ माघ २०८१ ०९:३१ आइतबार

#Sports