खेल

मोन्टीको निगरानीमा २० खेलाडीको ‘ब्याटिङ क्याम्प’ चलाउँदै क्यान (सूची सहित)

नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि नौ दिने ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ। माघ ४ गते (शुक्रवार)बाट २० जना ब्याटरलाई राखेर क्यानले ब्याटिङ क्याम्प सञ्चालन गर्न लागेको हो । 

ब्याटिङ क्याम्पमा नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईको प्रत्यक्ष निगरानी रहने क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् । क्याम्प कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा चल्ने छ । 

यसैबीचमा प्रवक्ता लामाले बुधवार एक प्रेस विज्ञप्ति जारी गरेर क्याम्पमा सहभागी हुने २० जना खेलाडीको नाम सार्वजनिक गरेका छन् । 

जसमा लोकेश बम, किरण ठगुन्ना, सोनु अन्सारी, अभिषेक तिवारी, सन्तोष यादव, उत्तम रंगु थापा मगर, शुभ कंशाकार, सन्तोष कार्की, अंकित सुवेदी, त्रितराज दास, सुजन थपलिया, रित गौतम, सोहेल कुमार, विपिन रावल, नरेन भट्ट, आकाश त्रिपाठी, इमरान शेख, अर्जुन कुमाल, आशुतोष घिरैया र अर्जुन घर्ती मगर छन् । 

प्रकाशित: २ माघ २०८१ १९:१५ बुधबार

#Nepal Cricket Association (CAN) #Nepali Cricket #Monti Desai #Batting Camp