खेल

भिसी कपकाे उपाधि नेपाल कमर्स क्याम्पसलाई

काठमाडाैं – नेपाल कमर्स क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ।

प्रतियोगिताअन्तर्गत शुक्रबार (आज) भएको फाइनल खेलमा आयोजक रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) लाई ३–२ को सेटमा परजित गर्दै एनसिसीले उपाधि हात पारेको हो।  

विजेता एनसिसिले ५० हजार प्राप्त गर्दा उपविजेता आरआर क्याम्पसले ३० हजारमा चित्त बुझायो। त्यस्तै तेस्रो स्थान हासिल गरेको सुर्खेत शिक्षा क्याम्पसले २० हजार जित्यो। प्रतियोगिताका उत्कृष्ट खेलाडी ललित विक भए। उनले ५ हजार जिते।

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा संचालित प्रतियोगितामा काठमाडौंका १९ र काठमाडौं भन्दा बाहिरका ३ टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित: ३० चैत्र २०७४ ०७:३२ शुक्रबार

भिसी कपकाे उपाधि नेपाल कमर्स क्याम्पसलाई