खेल

एनपिएल उपाधि भिडन्त : जनकपुरको मनोबल बढाउन काठमाडौँ पुगे मधेशका मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेपाल प्रिमियर लिगमा शनिबार (आज) हुने फाइनल खेल हेर्न काठमाडौँ पुगेका छन्। लिग अन्तर्गत आज हुने सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको उपाधि भिडन्तमा जनकपुरलाई समर्थन गर्न उनी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुग्ने भएका हुन्।  

मुख्यमन्त्री सिंहले आजको खेलमा जनकपुरका खेलाडीहरूको मनोबल बढाउन गएको प्रतिकृया दिएका छन्। मुख्यमन्त्री सिंहसँगै दुईजना मन्त्री र केही प्रदेश सांसद पनि कीर्तिपुर जानेछन्।  

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ। फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ। दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन्।

प्रकाशित: ६ पुस २०८१ ११:१४ शनिबार

#NagarikNews #Janakpur Bolts #NPLFinal