खेल

एनपीएल दोस्रो क्वालिफायर : कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको हो ।  

कर्णालीका लागि गुल्शन झाले २५, देव खनालले २४, विलिएम बोसिष्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले समान १२ तथा चाड्वीक वाल्टनले ११ रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् ।  

जनकपुरका लागि ललित राजवंशी, जेम्स निसाम र मोहमद मोहसिनले समान २ तथा हर्स ठाकर, र शेर मल्लले समान एक विकेट लिए । 

जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्नेको हो । कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।  

आजको खेलको विजेताले शनिबार उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित: ४ पुस २०८१ १४:०४ बिहीबार

#sompal kami #Asif Shekh #janakpur bolts #NPL #Karnali Yaks