खेल

हिमालीलाई उपाधि

एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि विजेता हिमाली टोली।

सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र बास्केटबलको उपाधि शुक्रबार हिमाली बोर्डिङ स्कुलले जितेको छ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा आयोजित प्रतियोगितामाको फाइनलमा हिमालीले साइन मोडेललाई १७–१२ ले पराजित गरेको हो।

प्रतियोगितामा माउन्ट कैलाशलाई १९–७ ले हराउँदै युनिभर्सल तेस्रो भयो। प्रतियोगितामा २२ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गरेको आयोजकका अत्तिरिक्त क्रियाकलाप संयोजक प्रेम भुजेलले जनाएका छन्।

बास्केटबलसँगै विभिन्न चार खेल समावेश खेलुकद सप्ताहका सबै प्रतिस्पर्धा सकिएका छन्। छात्र फुटसलमा अमर आदर्श, छात्रछात्रा कबड्डीमा भीमेश्वर एकेडेमी तथा तानडोरीको छात्रमा ज्ञानभूमि र छात्रामा कान्तिपुर च्याम्पियन बनेका छन्। सबै खेलका विजेतालाई शनिबार पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८१ १०:०२ शनिबार

# 7th Npabson Sports Week # Himalilai upadhi