खेल

फेरिल्यान्ड र बिएनए विजयी

जेबी कप अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी।

फेरिल्यान्ड र वसुन्धरा नेसनल एकेडेमी (बिएनए) प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार विजयी भएका छन्। फेरिल्यान्डले एन्जल्स हार्टलाई २६–२० ले पराजित गरेको हो। फेरिल्यान्डको जितमा करुणा बोगटीले आठ अंक जोडिन्। अर्काे खेलमा बिएनएले त्रिवेणीलाई २५–१५ ले हरायो। बिएनएकी साधना सुनारले १२ स्कोर गरिन्।

सिनियर गल्र्समै इडेन ब्रिज एकेडेमी (इबिए) ले बेलमोन्टलाई २४–१६, आयोजक जेबी स्कुलले नवदीक्षितलाई १६–१२ तथा ग्रिनल्यान्डले बेलमोन्टलाई २६–१६ ले हराए। इबिएकी मेणुका मगर तथा, जेबीकी मेणुका थारुले समान ६ र ग्रिनल्यान्डकी विहानी राईले ११ अंक बटुले।

जुनियर बोइजमा भ्याली पब्लिकले पारामाउन्टलाई २०–१९ ले पराजित गर्‍यो। लालीगुराँस नेसनल एकेडेमीले जेबीलाई २३–१९, किङडमले बेलमोन्टलाई २५–१२, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २८–१७ र एन्जल्स हार्टले बेलमोन्टलाई ३६–१८ ले पन्छाए। भ्याली पब्लिकका अशोक विकले सात अंक जोडे। यस्तै, लालीगुराँसका सहिद पुन, किङडमका विकास योञ्जनल र गोल्डेनपिकका छेवाङ शेर्पाले समान ६ अंक बटुले।

प्रकाशित: २९ मंसिर २०८१ ०९:२३ शनिबार

# 1st JB Cup Interschool Basketball Tournament