खेल

नेपाल आइपुगे ब्रायन लारा (तस्बिरहरु)

वेष्टइण्डिजका पूर्व कप्तान ब्रायन लारा काठमाडौं आइपुगेका छन्।

शुक्रबार बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए। नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा लारा नेपाल आएका हुन्।

लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने बताइएको छ।

  

प्रकाशित: २८ मंसिर २०८१ ११:२७ शुक्रबार

#Cricketer Brian Lara #Brian Lara #CAN #NPL Cricket