खेल

हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा हाइ लेभल स्पोर्ट्स सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

सेमिनारको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रशिक्षण विधिलाई वैज्ञानिक बनाउन व्यापक सुधारको खाँचो रहेको आवश्यकता औल्याए ।

आइतबार सुरु सेमिनार पुस ३ गतेसम्म चल्नेछ । सेमिनारमा विभिन्न खेलका ३२ प्रशिक्षक सहभागी छन् ।  

सहभागीलाई सुशिलनरसिंह राणाले एप्लाइड साइन्स, सञ्जय महर्जनले न्युट्रिसन, रमन नेपालले साइकोलोजी र डा.भद्र हमालले स्पोर्ट्स इन्जुरी र प्राथमिक उपचार सम्बन्धी ज्ञान दिने छन् ।

प्रकाशित: २३ मंसिर २०८१ १७:३४ आइतबार

#Rakhepa #Tanklal Ghising