खेल

एनपीएल:चितवनविरुद्ध बलिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन् । 

यसअघि चितवनले पोखरा एभेन्जर्सलाई र काठमाडौं गुर्खाजलाई हराएको थियो। कर्णाली भने दुवै खेलमा पराजित भएको छ। 

कर्णाली जनकपुर बोल्ट्ससँग  र काठमाठौंसँग पराजित भएको हो।आजको खेलमा कर्णाली पहिलो जितको खोजीमा हुनेछ भने चितवन भने अपराजित यात्रालाई निरन्तरता दिने दाउमा छ।

प्रकाशित: २१ मंसिर २०८१ ०९:०० शुक्रबार

#NPL #cricket