खेल

लुम्बिनीविरुद्ध बलिङमा विराटनगर, पहिलो विकेट गुम्यो

नेपाल प्रिमियर लिग (एनपिएल) मा चौथो दिनको दोस्रो खेल जारी छ। लुम्बिनीविरुद्ध विराटनगरले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध बलिङ गरिरहेको छ। लुम्बिनीले आफ्नो पहिलो विकेट गुमाएको छ। क्रिस सोलको बलमा आशुतोस घिरैया आउट भएका हुन्। 

यस्तै, आज बिहान भएको पहिलो एनपिएल खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो। टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ५० रनको लक्ष्य दिएको थियो। सो लक्ष्य काठमाडौंले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो। 

प्रकाशित: १९ मंसिर २०८१ १३:२१ बुधबार

#NPL Cricket