खेल

लाम्पार्ड च्याम्पियनसिप क्लब कभेन्ट्रीको मुख्य प्रशिक्षक नियुक्त

चेल्सी र इंग्ल्याण्डका पूर्वमिडफिल्डर फ्रान्क लाम्पार्ड च्याम्पियनसिप क्लब कभेन्ट्री सिटीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। 

४६ वर्षीय लाम्पार्ड साढे दुई वर्षको सम्झौतासहित कभेन्ट्री गएका हुन्। जारी च्याम्पियनसिपमा कभेन्ट्री खराब फर्मबाट गुज्रिरहेको छ। ऊ तालिकाको १७औँ स्थानमा छ र रेलिगेसन जोनभन्दामात्र दुई अंक माथि छ।

लामो समयदेखि मुख्य प्रशिक्षक रहेका मार्क रोबिन्सले क्लब छाडेपछि उक्त स्थानमा लाम्पार्डलाई नियुक्त गरिएको हो। लाम्पार्डले यसअघि आफ्नो पूर्वक्लक चेल्सीसहित डर्बी काउन्टी, एभर्टनको प्रशिक्षण गरेका थिए।

लाम्पार्डको नेतृत्वमा स्काई ब्लूजले आफ्नो पहिलो खेल शनिबार कार्डिफ सिटीसँग घरेलु मैदानमा खेल्नेछ।

प्रकाशित: १३ मंसिर २०८१ १८:४४ बिहीबार

#Frank Lampard #Championship club #Coventry City