खेल

फुलहमको पुनरागमन, ह्यारी एक्लैले गरे २ गोल

इङ्लिस प्रिमियर लिगमा फुलहमले ब्रेटफोर्डलाई हराएको छ। फुलहम २– १ ले विजयी भएको हो। ह्यारी विलसन एक्लैको दुई गोलका कारण लिगमा फुलहमको पुनरागमन भएको छ।

८ मिनेटको इन्जुरी समयमा विलसनले दुई गोल गर्दै अप्रत्यासित जित दिलाएका हुन्।

जितपछि १० खेलबाट १५ अंक बटुल्दै फुलहम नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १३ अंकको ब्रेन्टफोर्ड १३औं स्थानमा छ ।

प्रकाशित: २० कार्तिक २०८१ ०७:५२ मंगलबार

#sports