खेल

टी– २० आई शृङ्खलाः अमेरिकाविरुद्ध भुर्तेलको हाफ सेञ्चुरी

टी– २० आई शृङ्खला अन्तर्गत अमेरिकाविरुद्ध कुशल भुर्तेलले हाफ सेञ्चुरी पुरा गरेका छन्।

डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै मैदान उत्रेको नेपालले हालसम्म १५ ओभरको खेल सकिँदा रन बनाएको छ।

तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न मैदान उत्रेका भुर्तेलले ३५ बलमा ५० रन पूरा गरेका हुन्।

अहिले मैदानमा कप्तान रोहितसँगै भुर्तेल खेलिरहेका छन्।

नेपालले हालसम्म १५ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ११६ रन बनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ ०६:५८ आइतबार

#kushal_bhurtel