खेल

काभा यू–२० भलिबल: नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि

काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो।

फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेता बनेको हो।

पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो।

दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथों सेटमा नेपाल २५–२० ले पराजित बन्यो।

समूह चरणको अन्तिम खेलमा शुक्रवार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो।

नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन्।

प्रकाशित: २६ आश्विन २०८१ १९:२८ शनिबार

#Nepal #CAVA U-20 vollyball