खेल

अस्ट्रेलियासँग पाकिस्तान ९ विकेटले पराजित

दुबईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग  पाकिस्तान ९ विकेटले पराजित भएको छ। पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक विकेट मात्र गुमाएर ११ ओभरमा पुरा गर्यो।

त्यसअघि  टस हारेर पहिला व्याटिङ गरेको पाकिस्तान १९ ओभर पाँच बलमा ८२ रनमा अलआउट भयो। महिला टी–२० विश्वकप क्रिकेटमा आज  न्युजिल्यान्ड र श्रीलङ्का तथा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन्। समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ल्यान्ड रहेका छन्।

प्रकाशित: २६ आश्विन २०८१ ०८:०६ शनिबार

#cricket #ICC