खेल

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकाविरुद्धको पटक एकदिवसीय सिरिज जितेको छ।  

सारजहामा गएराति सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरमा हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकालेको हो । तीन खेलको सिरिजमा २-० को अग्रता बनाउँदै अफगानिस्तानले एक खेल अगावै सिरिज कब्जा गरेको हो । 

३१२ रनको उच्च लक्ष्य पछ्याएको दक्षिण अफ्रिका मात्र १३४ रनमा अलआउट भयो । उसका लागि क्याप्टेन टेम्बा बाभुवाले सर्वाधिक ३८ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न रशिद खानले ५ र नांगेयालिया खारोठेले ४ विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले रहमानुल्लाह गुरबाजको १०५ र अजमतुल्लाह ओमारजईको ८६ रनको मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाएर ३११ रन बनाएको थियो।  

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । 

प्रकाशित: ५ आश्विन २०८१ १०:०२ शनिबार

#SA_AFG #Rashid Khan