खेल

एन्फा महिला लिग : आर्मीसंग चन्द्रपुरको लज्जास्पद हार

एन्फा महिला लिग फुटबलमा विभागीय टोली  त्रिभुवन आर्मी  फुटबल क्लबले चन्द्रपुर नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी  फुटबल क्लबले  चन्द्रपुर नगरपालिकामाथि १०–० गोलको सानदार जित हासिल गरेको हो।

आर्मीको लागि ठुलो अन्तरले जिताउन चन्द्रा भण्डारी र अमिशा कार्कीले समान तीन तीन गोल गरे । त्यसैगरी शर्मिला थापा मगर , दिपा शाही , हिमा चौधरी र अन्जना राना मगरले समान एक एक गोल गरे  ।

यो जितसँगै ७  खेलबाट १६ अंक जोडेको आर्मी दोस्रो  स्थानमा  रहेको छ । त्यसै गरी पराजित चन्द्रपुर ७ खेलबाट ७ अङ्कका साथ छैठौं स्थानमा छ।

यसअघि शुक्रवार नै भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेसमाथि ८–० गोलको सानदार जित हासिल गरेको छ। एपिएफका लागि फराकिलो जित दिलाउन  रश्मीकुमारी घिसिङ एक्लैले पाँच गोल गरिन । त्यसै गरी अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपे ।

प्रकाशित: ४ आश्विन २०८१ १७:३१ शुक्रबार