खेल

एन्फा महिला लिग :कोसीको पोस्टमा एपिएफले गर्यो गोलको वर्षा

एन्फा महिला लिग फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबले  कोसी प्रदेसमाथि सानदार जित हासिल गरेको छ।

सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेसमाथि ८–० गोलको सानदार जित हासिल गरेको हो। एपिएफका लागि फराकिलो जित दिलाउन  रश्मीकुमारी घिसिङ एक्लैले पाँच गोल गरिन  । त्यसैगरी अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपे ।

यो जितसँगै ७  खेलमा १९ अंक जोडेको एपिएफ शीर्ष स्थानमा  रहेको छ । त्यसैगरी पराजित कोसी ७ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ।शुक्रबार दोस्रो खेल अन्तर्गत त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ । 

प्रकाशित: ४ आश्विन २०८१ १५:५५ शुक्रबार

#ANFA Women's League Football