खेल

नेपालले आज श्रीलङ्का डेभलपमेन्टसँग पहिलो एकदिवसीय खेल्दै

नेपालले आज श्रीलङ्का डेभलपमेन्टसँग पहिलो एकदिवसीय खेल्दै छ।

आइतवार श्रीलङ्का पुगेको नेपाली क्रिकेट टीम र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।

आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलङ्का पुगेको हो। श्रीलङ्का डेभलपमेन्ट टोलीसँग नेपालले तीनवटा एकदिवसीय शृङ्खला खेल्न लागेको छ।

सेप्टेम्बर १६ देखि २६ तारिखसम्म क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिदेशीय शृङ्खला हुँदै छ। सोही शृङ्खलाका लागि नेपालले भारतपछि श्रीलङ्कामा तयारी गर्न लागेको हो।

नेपाली टोलीमा रोहित पौडेल, आसिफ सेख, अनिलकुमार साह, देव खनाल, भीम कार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।

प्रकाशित: १८ भाद्र २०८१ ०८:१८ मंगलबार

#Nepal #rohit paudel #Sandeep Lamichhane