साफ यू–२० च्याम्पियनसिप फुटबलमा समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको छ।
शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेको हो ।यस अघि नेपालले श्रीलंकालाई १–० र बङ्गलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक पाएर समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । बङ्गलादेशले भने श्रीलंकालाई २–० ले हराएर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
समूह ‘बी’ मा भने भारत दुवै खेल जितेर विजेता हुँदै तथा भुटान एक खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।
समूह बिको विजेता भारतले सेमिफाइनलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो संस्करणमा बङ्गलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।
प्रकाशित: ७ भाद्र २०८१ १७:५१ शुक्रबार