खेल

कोनोरले छाडे चेल्सी, एट्लेटिको मड्रिड जाने

इंल्यान्डका मिडफिल्डर कोनोर गालाघर स्पेनीस क्लब एट्लेटिको मड्रिड जाने भएका छन्। 

इङ्लिस क्लब चेल्सीमा रहेका उनी यही सिजन मड्रिड जाने भएका हुन्। पाँच वर्षे सम्झौता गरेका २४ वर्षे गालाघरलाई स्पेनिस क्लबले ३३ मिलियन पाउण्ड तिरेको छ।

मात्र ६ वर्षको उमेरमा चेल्सीमा आबद्ध भएका उनले ९० खेलमा १० गोल गरेका छन्। चेल्सीमा उनको सम्झौता आगामी वर्ष सकिँदै थियो।

चेल्सीले अहिले उनलाई बिक्री नगरे अर्को वर्ष निः शुल्क स्थानान्तरमा गुमाउनु पर्ने थियो।

प्रकाशित: ५ भाद्र २०८१ १६:३४ बुधबार