खेल

आर्मीलाई पहिलो सफलता

नेपालको विभागीय टोली त्रिभुवन आर्मी एफसीले मंगलबार डुरान्ड कपमा रंगदाजित एफसीमाथि २–० गोलअन्तरको जित निकालेको छ। भारतको जवाहरलाल नेहरू रंगशालामा आर्मीले रंगदाजित एफसीलाई २–० ले हराएको हो। 

दुवै टोली पहिलो जितको खोजीमा थिए। जहाँ आर्मीले सफलता पायो। आर्मीका लागि जिलेस्पीजंग कार्कीले दुई गोल गरे। खेलको २१औं मिनेटमा जिलेस्पीको गोलबाट आर्मीले अग्रता लिएको हो ।

त्यो गोलले नै आर्मीले पहिलो हाफमा १–० को अग्रता बनायो । दोस्रो हाफ दुवै टोलीले खेलमा फर्कन संघर्ष गरे। तर, आर्मीले दोस्रो गोल थप्यो। ५६औं मिनेटमा जिलेस्पीले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २–० ले अगाडि बढाए।

त्यसपछिको थप समयमा दुवैततर्फ गोल हुन सकेन र आर्मीले तीन खेलमा पहिलो तीन अंक लियो। दोस्रोपल्ट डुरान्ड कप खेलिरहेको आर्मी एफसीका लागि यस सिजन सुखद बन्न सकेन। समूह ‘एफ’ मा रहेको आर्मीले यसअघिका दुई खेल नै गुमाएको थियो। 

त्यसैले भरत खवासको कप्तानीमा रहेको त्रिभुवन आर्मी पहिलो जितको खोजीमा थियो, जहाँ टोलीले सफलता पाउन सक्यो। आर्मी पहिलो खेलमा आइलिग टोली सिलोङ लाजोङसँग १–० र दोस्रो खेलमा आइएसएल टोली गोवा एफसीसँग २–१ ले पराजित भएको हो।

प्रकाशित: ३० श्रावण २०८१ ०७:२७ बुधबार

#Tribhuvan Army FC #victory