खेल

महिला एसिया कपकाे उपाधि श्रीलंकालाई, फाइलमा भारत पराजित

श्रीलङ्काले महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।आयोजक श्रीलङ्काले भारतलाई ८ विकेटबाट हराउँदै पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

यस अघि श्रीलङ्काको रंगगिरी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । जवाफमा श्रीलङ्काले  १८  दशमलब ४ ओभरमा २ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको हो ।साबिक विजेता भारत सात पटकको च्याम्पियन हो।

यस अघि भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाईन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् । रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।जेमिमाह रोड्रिग्जले २९ रनको योगदान दिइन । अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।

श्रीलंकालाई उपाधि दिलाउन कप्तान चमारी अथपथुे ४३ बलमा २ छक्का र ९ चौक्कासंगै ६१ रन बनाएर नट आउट रहिन । त्यसैगरी हर्षिता समरविक्रम ५३ बलमा २ छक्का र ९ चौक्कासंगै ६९ रन बनाएर नट आउट रहिन । कविशा दिल्हारी कविशा दिल्हारी १६ बलमा २ छक्का र १ चौक्कासंगै ३० रनमा नट आउट रहिन । शुरुवाती व्याटर विष्मी गुणरत्ने  ३ बलको सामना गर्दै १ रन बनाएर रन आउट भइन । भारतका लागि दिप्ती शर्माले मात्र ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिइन ।  

प्रकाशित: १३ श्रावण २०८१ १८:३१ आइतबार