खेल

नेपाललाई दोस्रो सफलता, भारतका दुवै ओपनर आउट

नेपाललाई लगातार ओभरमा दोस्रो सफलता मिलेको छ। नेपालले दोस्रो विकेटको रुपमा ओपनर शेफाली वर्माको विकेट लिएको हो।

नेपालका लागि सीता राना मगरले १४ औं र १५ औं ओभरमा टिमलाई दुई विकेट दिलाएकी हुन्। वर्मा ४८ बलमा ८१ रन बनाएर आउट भइन्। यस क्रममा उनले एक छक्का र १२ चौका प्रहार गरिन्।

यसअघि ओपनर दयालन हेमलता ४२ बलमा ४७ रन बनाएर क्याच आउट भएकी थिइन। उनले एक छक्का ५ चौका प्रहार गरिन्। उनको बल रुबिना क्षेत्रीले क्याच गरेकी थिइन्।

हाल १८.२ ओभरको खेल चलिरहँदा नेपालले २ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ८ श्रावण २०८१ २०:२९ मंगलबार