खेल

इंग्ल्याण्डका फुटबल प्रशिक्षक साउथगेटले राजीनामा दिए

इंग्ल्याण्डका फुटबल प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन्।

सन् २०२४ को युरोपियन च्याम्पियनसिपको फाइनलमा स्पेनसँग पराजित भएको दुई दिनपछि उनले मंगलबार प्रशिक्षकको पदबाट राजीनामा दिएका हुन।

आइतबार राती जर्मनीको बर्लिनमा इग्ल्याण्ड स्पेनसंग २-१ ले पराजित भएर उपाधि जित्न असफल भएको थियो ।तीन वर्ष अघि पनि फाइनलमा घरेलु मैदान वेम्बलीमा इंग्ल्याण्ड इटालीसँग पेनाल्टीमा पराजित भएको थियो।

५३ वर्षीय साउथगेट आठ वर्ष देखि इंग्ल्याण्डको प्रशिक्षक थिए । उनको सम्झौता यसै वर्षको अन्त्यमा सकिँदै थियो । उनको नेतृत्वमा इङ्ल्यान्डले १ सय २ खेल खेलेको थियो। जसमध्ये ६१ खेलमा जित हासिल गरेको थियो ।

उनको प्रशिक्षणमा इग्ल्याण्डले २ विश्वकप र २ युरो कप खेलेको छ । उनी इग्ल्याण्डको  सबैभन्दा सफल प्रशिक्षक रूपमा चिनिन्छन्। इग्ल्याण्डको  पुरुष टोलीको प्रशिक्षकका रूपमा ८ वर्षसम्म मलाई समर्थन गर्ने सबैमा मेरो हृदयदेखि धन्यवाद छ।’ग्यारेथ साउथगेटले  भने ।  

इग्ल्याण्डको  अर्को खेल सेप्टेम्बर ७ मा नेसन्स लिगमा रिपब्लिक अफ आयरल्याण्डसँग हुनेछ।

प्रकाशित: १ श्रावण २०८१ १८:४१ मंगलबार

#england #Euro Cup 2024 #England football coach Gareth Southgate #Southgate resigns