खेल

विम्बल्डन टेनिस: जोकोभिचलाई वाकओभर, रिबाकिनाको सहज जित

सर्वियाका नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।

चोटका कारण नवौं वरीयाताका एलेक्स डी मिनौरले खेल छाडेपछि दोस्रो वरीयाताका जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन्।

अष्ट्रेलियन मिनौरले हिपमा चोट बोकेपछि खेल त्यागेका हुन्। महिला एकलतर्फको खेलमा जित निकाल्दै चौथो वरीयाताकी एलेना रिबाकिनाले पनि सेमिफाइनलमा स्थान बनाइन्।

२१औं वरीयाताकी युक्रेनी एलिना भिटोलिनामाथि ६-३ र ६-२ को सहज जित निकाल्दै काजकिस्तानकी रिबाकिनाले अघिल्लो चरणमा स्थान पक्का गरिन्।

प्रकाशित: २६ असार २०८१ १९:५३ बुधबार