खेल

स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप सम्पन्न

दुईदिने सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता शनिबार काठमाडौंको टोखा नगरपालिकामा सम्पन्न भएको छ। प्रतियोगितामा महिला खुला च्याम्पियनसिपतर्फ खुसी विके प्रथम, समीक्षा राई दोस्रो, लेमंग मगर तेस्रो भएका छन्।

पुरुष जुनियरतर्फको खुला च्याम्पियनसिपमा किरण गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो, अविशेष परिवार तेस्रो भए।

यस्तै सिनियर पुरुष च्याम्पियनसिपतर्फ वसन्त राई प्रथम, शरद् राई दोस्रो र पेन्थेलिन शेर्पा तेस्रो भए। सबै विधामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए।

यसअघि सो प्रतियोगिताको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उद्घाटन गरेका थिए।

प्रकाशित: १६ असार २०८१ ०७:२९ आइतबार

#Tokha #7th Skating and Skateboarding Championship