खेल

टी-२० विश्वकपका आगामी खेलमा सन्दीप पनि सहभागी हुने

नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने आईसिसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन्।

उनी विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

क्यानले आज विज्ञप्ति जारी गर्दै विश्वकपमा सहभागी हुन सन्दीप वेस्ट इन्डिजका लागि प्रस्थान गरिसकेको पनि जनाएको छ।  

लामिछानेले अब वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सहभागीता जनाउने छन्।

यसअघि अमेरिकाले भिसा नदिएका कारण उनी अमेरिकामा भएको नेपालको खेलमा सहभागी हुन पाएनन्। पूर्व घोषित टिमबाट प्रतिश जिसीलाई ट्राभलिङ्ग रिजर्भमा राखेर सन्दीपलाई खेलाउने तयारी गरिएको हो।

प्रकाशित: २८ जेष्ठ २०८१ ०७:२९ सोमबार

#Sandeep Lamichhane #t_20worldcup