खेल

चेन्नई आज फेरि पञ्जाबसँग भिड्दै, कोलकोत्ता अनि लखनउ पनि खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुनेछ।

धर्मशालामा हुने चेन्नई र पञ्जाबबीचको आजको खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। शिखर धवनको कप्तानीमा रहेको पञ्जाब र ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नईबीच आजको खेलमा दुबै टोली जितको खेलमा हुनेछ।

यसअघि पञ्जाबसँगको खेलमा पराजित भएको चेन्नई आजको खेलमा बदला लिन चाहन्छ भने पञ्जाब आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ता र केएल राहुलको कप्तानीमा रहेको लखनउबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

आजको खेलमा जित निकाल्दै कोलकोत्ता आफ्नो प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ भने लखनउ पनि प्ले अफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ।

यसअघिको खेलमा कोलकोत्ताले लखनउलाई २ विकेटले पराजित गरेको थियो।

प्रकाशित: २३ वैशाख २०८१ १३:३५ आइतबार

इन्डियन प्रिमियर लिग क्रिकेट चेन्नई सुपर किङ्ग्स पञ्जाब किङ्ग्स