खेल

कुशल भुर्तेलको खराब फर्म कायमै

वेस्ट इन्डिज 'ए' विरुद्धको चौथो टी-२० क्रिकेटमा जवाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका ओपनर कुशल भुर्तेल एक रनमा आउट भए। इनिङ्सको पाँचौ ओभरमा उनी फावियन एलेनको बलमा बोल्ड भए।

क्रिजमा अहिले क्याप्टेन रोहित पौडेल र कुशल मल्ल छन्। वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले ब्याटिङ गरिरहेको छ। 

प्रकाशित: २० वैशाख २०८१ १४:२९ बिहीबार

कुशल भुर्तेल