खेल

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो टी-२० आज

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेल हुँदैछ। त्रिवि किक्रेट मैदान कीर्तिपुरमा हुने आजको खेल १२ः१५ बजेबाट सुरु हुनेछ।

हालसम्मको अवस्थामा दुबै टोली १–१ को स्थितिमा रहेको छ।  

पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।

आजको खेलमा जित निकाल्दै दुबै टोली सिरिजमा अघि बढ्न चाहन्छ।

प्रकाशित: १९ वैशाख २०८१ ०६:३८ बुधबार

टी–२० श्रृङ्खला नेपाल र वेस्ट इन्डिज ‘ए’ वेस्ट इन्डिज ‘ए’ नेपाल