वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाली कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा चलिरहेको पाँच टि–२० खेलको मैत्रीपूर्ण सिरिजमा कप्तान रोहितले ४६ बलमा आक्रामक शतक प्रहार गरेका हुन्।
सो क्रममा उनले १० चौका र पाँच छक्का प्रहार गरेका छन्। रोहितको शतकसँगै २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल जितको नजिक पुगेको छ। नेपाललाई १६ बलमा २७ रन चाहिएको छ।
प्रकाशित: १५ वैशाख २०८१ १५:४२ शनिबार

-600x400.jpg)

