खेल

राष्ट्रिय महिला टोलीका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्।

मलेसिया क्रिकेट संघका अनुसार उक्त प्रतियोगिता अप्रिल २४ देखि मे ५ सम्म आयोजना हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्रिय टोलीकी क्याप्टेन इन्दु बर्मासहित ६ जनाले सुपर वुमेन्स कप खेल्ने भएका हुन्।

पूर्वकप्तान रूबिना क्षेत्री, सिता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएको क्यानले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८१ १३:२३ शनिबार

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सुपर वुमेन्स कप मलेसिया मलेसिया क्रिकेट संघ