खेल

ईशान र सूर्यकुमारको धमाकेदार पारीले मुम्बईको लागतार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैङ्गलोरलाई ७ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो जित हात पारेको हो।

पछिल्लो ३ म्याच गुमाएको मुम्बई बल्ल फर्ममा आउँदैछ। टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको बैङ्गलोरले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १९६ रन बनायो। १९७ रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले २७ बल बाँकी छँदै जम्मा ३ विकेट गुमाएर जित हासिल गर्यो।

मुम्बईको जितका लागि ईशान किसनले सर्वाधिक ६९ रनको योगदान गरे भने फिट भएर फर्केका स्टार खेलाडी सूर्य कुमार यादवले ५२ रनको पारी खेले। त्यस्तै रोहिक शर्माले ३८ रन जोडे।

त्यसअघि मैदान उत्रेको बैङ्गलोरका कप्तान फाफ डु प्लेसिसले ६१ रन बनाउँदा दिनेश कात्र्तिकले ५३ र रजत पाटिदारले ५० रन जोडे। तर, त्यो बैङ्गलोरको जितका लागि काम लागेन। मुम्बईका लागि जसप्रित बुमराह एक्लैले ५ विकेट लिए भने गेराल्ड कोत्जी, श्रेयस गोपाल र आकाश माधवलले समान एकएक विकेट हात पारे।

हालसम्म ५ खेल खेलेको मुम्बईले २ मा जित हात पारेको छ भने ३ मा पराजित भएको छ। गयरातिको जितसँगै मुम्बई एक स्थान माथि उक्लिँदै अङ्क तालिकाको पुछारबाट चौँथो स्थानमा पुगेको छ। जबकी समान ५ खेल खेलेको बैङ्गलोर १ खेलमा जित निकाल्दै र अन्य ४ मा पराजित हुँदै अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: ३० चैत्र २०८० ०६:३१ शुक्रबार

आईपीएल ब्याटिङ्ग इन्डियन प्रिमियर लिग क्रिकेट मुम्बई इन्डियन्स ईशान किसन