खेल

आयरल्यान्ड वुल्भ्सको खराब सुरुआत, ४ विकेट पतन

जारी एकदिवसीय खेल अन्तर्गत आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले लगातार चौथो सफलता हात पारेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सको लगातार तेस्रो र चौथो विकेट आउट गरेको छ।

साहब आलम र रिजन ढकालले नेपालका लागि तेस्रो  र चौथो विकेट लिएका छन्।

आलमले आयरल्याण्ड वुल्भ्सका मोर्गन टपिङ्गलाई २ रन र ढकालले पिटर मूरलाई १७ रनमा आउट गरेका छन्।

प्रकाशित: २३ चैत्र २०८० १०:०८ शुक्रबार

आयरल्याण्ड वुल्भ्स त्रिवि क्रिकेट मैदान साहब आलम रिजन ढकाल