नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच जनाले सफाइ पाएका छन्।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोप लागेका ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो।
सफाइ पाउनेमा महबुब आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन्। उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो।
प्रकाशित: १२ चैत्र २०८० १९:१२ सोमबार